चितवन– भारतीय नम्बरप्लेटको गाडी नै लिएर गाँजा र चरेश किन्न आएका भारतीय युवाहरु पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट जेएच ०१ एन ८६११ नम्बरको बलेरो गाडी बरामद गरी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। चालक भारत मोतिहारी जिल्ला गोपीगञ्ज थाना सर्यापिपरा बस्ने २४ बर्षीय नरेशकुमार प्रसाद र गाडीमा सवार सोही ठाउँका १९ बर्षीय निकेश कुमारलाई गाँजा ८६ किलो ४ सय ७० ग्राम गाँजासहित मंगलबार प्रहरीले पक्राउ गरेको हो।
वीरगञ्जतर्फ जाँदै गरेको उक्त गाडीमा जाँच गर्ने क्रममा हुटमुनी फल्स बटम बनाई ३३ बण्डलमा गाँजा लुकाइएको पत्ता लागेको थियो। उनीहरुले गाँजा लिनकै लागि नेपाल आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।