नुवाकोट– नमिठो खाना पकाएको भन्दै नुवाकोटमा एक युवकको हत्या भएको छ। ज्यामी काम गर्ने बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको साथीले नै कुटेर हत्या गरेका हुन्।
विदुर नगरपालिका–२ स्थित शेरामा घर निर्माणको काममा संलग्न ३६ वर्षका सिग्देलको सँगै काम गर्ने २२ वर्षीय सन्तोष रोका कुटेर हत्या गरेका हुन्।
आइतबार राति उनीहरुबीच खाना नमिठो बनाएको भन्दै विवाद भएको थियो। विवादको क्रममा रोकाले सिग्देललाई लात्तीले प्रहार छातीमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनको नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी बसन्त कुँवरले बताए ।
हत्यामा संलग्न रोकालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
सिग्देलले आइतबार बेलुका खाना पकाएकोमा उनले पकाएको खाना नमिठो भएको भन्दै उनीहरुबीच झगडा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।