काठमाडौं– बालकुमारीस्थित सनराईज हाउजिङभित्र रहेको एक घरमा चोरी भएको छ। घर नम्बर १३ मा बस्ने डा. ज्ञानेन्द्रमान सिंह कार्कीको घरबाट आइतबार भारतीय रुपैयाँ ५ लाख र नेपाली ५ लाख रुपैयाँ चोरी भएको हो।
महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दका अनुसार सेफभित्र रहेको पैसा चोरी भएको भन्दै उजुरी परेको थियो। डिजिटल सेफभित्र रहेको पैसा कसरी चोरी भयो घटना रहस्यमय भएको प्रहरीले जनाएको छ। जबकी कोड नम्बरबिना सेफ खोल्न सम्भव थिएन।
विराट मेडिकल कलेजका संचालक डा.कार्कीको घरमा उनको छोरा र काम गर्ने युवती बस्दथे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।