काठमाडौं– बिदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जना मेनपावर संचालकलाई पक्राउ गरेको छ।
ब्लु स्टार ओभरसिजका संचालकहरु राज घिमिरे र संजय उप्रेतीलाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो।
उनीहरुले २६ जना युवालाई बिदेश पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।
डिमान्ड लेटर बिना नै उनीहरुले २३ सय ७१ जनाको राहदानी लिएर पैसा उठाउन सुरु गरेका थिए। पैसा लिएको रसिद पनि नदिएका उनीहरुले अनुमती नै नलिई कार्यालय पनि बाग्मती खोलाबाट सिनामंगलमा सारेका थिए।
पक्राउ परेका मेनपावर संचालकहरुलाई बैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।