झापा– झापाको चियाबगानमा एक महिलालाई खुकुरी देखाई नांगै बनाएर भिडियो खिचि बलात्कार प्रयास गर्ने गिरोहका नाइके पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडले गिरोहका नाइके समिर चाहार दर्जीलाई शुक्रबार पक्राउ गरेको हो।
उनीसहित तीन जना व्यक्ति मिलेर गत पुस १३ गते अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित गिरी बन्धु चिया बगानमा ईलाम घर भएकी एक महिलालाई नियन्त्रणमा लिएर नांगै बनाई भिडियो खिचेर फेसबुकमा हालिदिने भन्दै ब्लाकमेलिङ गरेका थिए। घटनामा संलग्न बिजय बहादुर मगर र समिर चाहार दर्जी यसअघि नै पक्राउ परिसकेका छन्।
मितभाईसँग मोटरसाइकलमा घर फर्कदै गर्दा उनीहरुले खुकुरी देखाएर दुवै जनालाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरुलाई जर्बजस्ती किस खान लगाएर फोटो र भिडियो खिचेका थिए। उनीहरुसँग भएको नगद लुटेर थप एक लाख माग्दै नदिए फेसबुकमा भिडियो हालिदिने धम्की दिएको प्रहरीले जनाएको छ।
युवतीका मितभाई पैसा निकाल्न बैंकतर्फ गएपछि युवतीलाई चियाबारीभित्र लगेर दुई जनाले नांगै बनाई फोटो र भिडियो खिच्नेमात्र होइन बलत्कार प्रयास समेत गरेका थिए। त्यही क्रममा प्रहरीले स्थानीयबाट सूचना पाएपछि युवतीको उद्धार गरी २ नजालाई पक्राउ गरेको थियो। फरार रहेका समिर चाहार पैसा लिन बैंक गएका युवकको पिछा गरी सहरतिर गएकाले उनी भागेका थिए। पक्राउ परेकाहरुलाई जर्बजस्तीकरणी उद्योग र जर्बजस्ती चोरी मुद्दामा कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।