झापा– एक अभियुक्तले प्रहरी कार्यालयभित्रै आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय दमकको हिरासतमा अभियुक्तले शनिबार बेलुका आत्महत्या गरेका हुन्।
गौरीगञ्ज गाउँपालिका–३ का ५१ वर्षीय हरिनारायण यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
यादवको शव आज बिहान ८ बजे प्रहरी हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो। श्रीमतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए। गत वर्ष उनको श्रीमती मृत्यु भएको थियो। झुन्डिएको अवस्थामा श्रीमती शव भेटिएको थियो। तर, गाउँलेहरुले उनले नै हत्या गरेको दाबी गरेपछि भागेका यादब पुस ५ गते पक्राउ परेका थिए।
शौचालय गएका यादव लामो समयसम्म ननिस्किएपछि चिहाएर हेर्दा झुण्डिएको अवस्थामा भेटेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दीपक गिरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।