काठमाडौं– शुक्रबार बेलुका तारकेश्वरको जरंखुपुल नजिकै भएको ग्याङफाइट दुई जना घाइते भएका छन्। फाइटमा स्थानीय निरज भण्डारी र प्रकाश लामालाई खुकुरी प्रहार भएको छ। खुकुरी हान्ने रमेश अर्याललाई खुकुरीसहित प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक राम प्रसाद गौतमका अनुसार रमेश र सोही ठाउँका जेम्स खड्काले खुकुरी प्रहार गर्दा निरज र प्रकाश घाइते भएका हुन्। घाइतेमध्ये निरजको अवस्था गम्भीर रहेको छ। उनको टाउको र घाँटीमा चोट लागेको छ।
प्रहरी निरीक्षक गौतमका अनुसार मदिरा पिएपछि उनीहरुबीच झगडा सुरु भएको थियो। जसक्रममा दुवै पक्षले आफ्ना साथी बोलाएर कुटाकुट गरेका थिए। झगडामा संलग्न दुवै पक्षका युवाहरु तारकेश्वरमा वालुवाको काम गर्ने व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।