काठमाडौं– राजधानीमा चोरीका घटना बढेका छन्। पछिल्लो २४ घन्टामा पाँच घरमा चोरी भएको छ। बुधबार र बिहिबार राजधानीका ५ घरमा घरमा चोरी भएका छ।
कोटेश्वर झोलुङ्गे पुल डेरा गरी बस्ने काभ्रेको नालाका प्रदिप लामिछाने, उदयपुरको गाईघाटका विकास चौधरी र काठमाडौं तार्केश्वर नगरपालिका–३ का प्रकाश घिमिरेका डेरामा चोरी भएको छ। तीन वटा आइफोन, ४ वटा ल्यापटप, क्यामरा लगायतका सामान गरी करीब ४ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको रिपोर्ट प्रहरीमा परेको छ।
कागेश्वरी मनोहरा नगरपालिका–४ डांछी बस्ने राजन कुइँकेलको घरमा पनि चोरी भएको छ। उनको घरबाट १ लाख ४० हजा नगदर र सुनका विभिन्न गहना समेत गरी करीब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ।
उता ललितपुरको हरिसिद्धि नगरपालिका–२९ गुमस डेरा गरी बस्ने सर्लाहीकी ज्ञानुकुमारी रखालको कोठाबाट बिहीबार बिभिन्न सुनका गहना करीब १ लाख १८ हजार रुपैयाँ बराबरको तथा सोही घरमा डेरा गरी बस्ने मकवानपुरकी कल्पना तामाङको कोठाबाट नगद १ हजार २ सय रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।
ढल्कुस्थित शारदा पौडेलको घरबाट मुलढोकाको ताल्चा फोडेर दराजमा रहेको नगद १ लाख र विभिन्न सुनका गरगहना समेत गरी करीव ३ लाख ६ हजार रुपैयाँ बरावरको धनमाल बिहीबार चोरी भएको थियो।
बुधबार नै पकनाजोलस्थित सानु श्रेष्ठको घरमा रहेको कार्गो कार्यालयबाट ताल्चा फोडेर करीव १ लाख ४० हजार रुपैयाँ मुल्य बरावरको २ थान ल्यापटप बिहीबार चोरी भएको थियो।
अधिकांश चोरीका घटना दिउसोको समयमा हुने गरेको प्रहरीले जनाएको छ। घरमा कोही नभएको अवस्थामा ताला फुटाएर चोरी हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।