काठमाडौं– कलंकीस्थित न्यू अन्नपूर्ण होटलको छतबाट हाम फालेर एक व्यक्तिले आत्महत्या गरेका छन्। विगत १० महिनादेखि सो होटलमा बस्दै आएका काभ्रेका ४१ वर्षीय इन्द्र बहादुर रानामगरले बिहिबार बेलुका करिब १० बजे होटलबाट हाम फालेका हुन्।
उनी बुद्धचित्तको मालाको कारोबार गर्दै आएका थिए। बेलुका खाना खाएपछि उनले फोनमा कुरा गरेको र लगत्तै हाम फालेको होटलका कर्मचारीले बताएका छन्। घटनाको बारेमा थप अनुसन्धानको काम भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।