काठमाडौं– आफु श्रम मन्त्रालयको हाकिम हुँ भन्दै सरकारी जागिर लगाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा सप्तरीका जय प्रकाश दास पक्राउ परेका छन्। उनले आफु उच्चपदस्थ कर्मचारी भएको र सबैतिर चिनजान भएको भन्दै जागिर लगाइदिने भनेर ठगी गरेका हुन्।
नेपाल विद्युत प्राधिकरणमा सिनियर मिटररिडर पदमा आवेदन दिएका युवाहरुलाई उनले जागिर लगाइदिने आश्वासन दिएका थिए। त्यसका लागि प्रतिव्यक्ति ५ लाख लिएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि अभियुक्र दास सरकारी कर्मचारी नभई वकिल भएको खुलेको छ। ठगीमा सहयोग गर्ने सिराहाका कांग्रेसका स्थानीय नेता अशोककुमार मुखिया समेत छन्।
पैसा लिएपछि दुवै जना वेपत्ता भएका थिए। प्राधिकरणमा नाम ननिस्किएपछि पीडितहरुले प्रहरीमा उजुरी गरेका हुन्। पक्राउ परेका दुई जनाले धेरै व्यक्तिलाई ठगी गरेको हुनसक्ने प्रहरी आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।