काठमाडौं– पार्किङ गरिराखेकै स्थानबाट चोरी भएको ट्याक्सी भेटिएको छ। गोंगबु मित्रनगर मैपी पुल नजिक सडकबाट बा.१ ज २१५० नम्बरको ट्याक्सी बिहिबार विहान चोरी भएको थियो।
प्रदिप खत्रीको उक्त ट्याक्सी चन्द्रकुमार गुरुङ्गले चलाउदै आएका थिए। गुरुङले ट्याक्सी लक गरी सडकमा राखिएकोमा त्यहीबाट चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उत्तः ट्याक्सी नजिकै धिताल चोकमा भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुका इन्सपेक्टर राम प्रसाद गौतमले बताए। कसले ट्याक्सी त्यहाँ लग्यो भन्ने छानबिन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ट्याक्सी सम्बन्धित व्यक्तिलाई बुझाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।