काठमाडौं–भक्तपुरमा गाँजा कारोबारको आरोपमा एक महिला पक्राउ परेकी छिन्। चाँगुनारायण नगरपालिका–६ बस्ने ३९ वर्षीया पूर्णिमाया तामाङलाई १३ किलो ५ सय ग्राम गाँजासहित बुधबार प्रहरीले पक्राउ गरेको हो।
उनको घरमा गाँजा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको उक्त परिमाणको गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो । भक्तपुर प्रहरीले तामाङमाथि थप अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।