काठमाडौं– कोटेश्वरको एक गेष्ट हाउसबाट कटुवा पेस्तोल र रिभल्वरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीले बिहिबार दिउसो सुवास कार्कीलाई पक्राउ गरेको हो।
उनको साथबाट ५ गोली समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रबिन्द्र धानुकले बताए। प्रारम्भिक अनुसन्धानमा उनी पेस्तोल बेच्नका लागि काठमाडौं आएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।