काठमाडौं– भारतको बरौनीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ ख १६१० नम्वरको बसमा लागूऔषध भेटिएको छ।
लागूऔषध भेटिएपछि प्रहरीले बसका चालक मकवानपुर घर भएका ३१ बर्षीय बिक्रम लामा र सह–चालक सोही ठाउँका २४ बर्षीय रवि लोप्चनलाई पक्राउ गरेको छ। उनीहरुले चालकको सिटमुनी लुकाएर कोरेक्स सय मिलिलिटरको ६ बोतल लुकाएर तस्करी गरेर काठमाडौं ल्याउन लागेका थिए। उनीहरुबाट भारतीय रुपैयाँ १६ हजार बरामद भएको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाले उनीहरुलाई पक्राउ गरेको हो।
बुधबार नै नागढुङगामा बा.४ ख ७३८० नम्बरको बसका चालक देवालाल तामाङलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।