मकवानपुर– काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बसमा एक यात्रु मृत अवस्थामा भेटिएका छन्। ना.६ ख ५१५३ नम्बरको रात्री बसमा यात्रा गरिरहेका महोतरी बलुवा–३ बस्ने ३५ वर्षीय अनिलकुमार राय बसको सिटमै बुधबार मृत अवस्थामा फेला परेका छन्।
सिटमै ढलिरहेको अन्य यात्रुले देखेपछि उठाउन खोजेका थिए। नउठेपछि बस रोकेर प्रहरीलाई जानकारी गराइएको थियो। मकवानपुर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।