काठमाडौं– चरेश तस्करीमा संलग्न बस चालक नागढुङगामा पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग नागढुंगाले धादिङ्गबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा. ४ ख. ७३८० नम्बरको बसका चालक धादिङ्ग, बेनिघाट बस्ने ३० वर्षीय देवलाल तामाङ्गलाई पक्राउ गरेको हो।
बसभित्र लुकाएर काठमाडौं ल्याइदै गरेको चरेश नियमित चेकजाँचमा प्रहरीले पक्राउ गरेको हो। तामाङ्गलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखी लागूऔषध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। लागूऔषध तस्करीमा संलग्न गिरोहले उनलाई पैसा दिएर चरेश तस्करीमा प्रयोग गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।