पोखरा- पोखरा-लेखनाथ महानगरपालिका-१८, सराङकोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एन्ड स्पा होटलमा शंकास्पद मृत्यु भएका मजदुरको चार दिनपछि सनाखत भएको छ।
मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो। मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
सख्त घाइते २७ वर्षीय आङदाना शेर्पाको भने मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
चारजना एकै ठाउँमा सुतेकामा गत आइतबार दुई जनाको मृत्यु र एक घाइते भएका थिए। अर्का एक अझै बेपत्ता छन्।
प्रहरीले अनुसन्धानका लागि केही मजदुरलाई नियन्त्रणमा लिएको छ। मृतक दुई मजदुरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।