पाल्पा– पाल्पामा गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। तिनाउका ६२ बर्षीय धनबहादुर थापाको सोमबार मृत्यु भएको होे ।
स्थानीयले बलबहादुर लम्तरीले थापालाई गोली हानेका हुन्।
स्थानीय जंगलमा थापामाथि गोली प्रहार भएको हो । जंगलमा बाँदर जस्तो ठानेर भरुवा बन्दुक पड्काँउदा मान्छेलाई लागेको अभियुक्त लम्तरीले बताएका छन्।
प्रहरी चौकी प्रभाषबाट खटिएको प्रहरी टोलीले बलबहादुरलाई भरुवा बन्दुक सहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।