काठमाडौं– ठमेलमा स्कुटर चोर्न लाग्दा एक युवक रंगेहात पक्राउ परेका छन्।
ज्याठा स्थित होटल ज्यूडिङ अगाडी पार्किङ गरी राखेको बा.९०प १५४० नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा धादिङको गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ सितापाईला रामकोट बस्ने २१ बर्षीय ज्ञानबहादुर तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको छ। नक्कली साँचोमार्फत उनले स्कुटर चोरी गर्न लागेका थिए। नजिकै रहेको प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।