पोखरा– पोखराको सराङकोटस्थित निर्माणाधीन रिसोर्टमा दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ। माउण्टेन रिसोर्ट एण्ड स्पामा आइतबार दुईजना मृत अवस्थामा भेटिएका थिए।
प्रारम्भिक अनुसन्धानमा उनीहरुको हत्या भएको कास्की प्रहरीले जनाएको छ । मृतकहरु दुवै जना सोही रिसोर्टका कामदार हुन्। सँगै काम गर्ने अर्का एक व्यक्तिले घनले टाउकोमा हानेर उनीहरुको हत्या गरेको कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंहले बताए। घटनामा एक कामदार गम्भीर घाइते भएका थिए। हत्यामा संलग्नहरु फरार छन्।
होटल निर्माणमा संलग्न रहेका उनीहरु शनिबार राति सुतेको कोठामा नै मृत अवस्थामा देखिएपछि अन्य कामदारले आइतबार दिउँसो ४ बजे प्रहरीलाई खबर गरेका थिए। मदिराको नशामा झगडा हुँदा हत्या भएको हालसम्मको अनुसन्धानमा खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।