काठमाडौं– अंग्रेजी नयाँ वर्ष मनाउन आइतबार बेलुका ठमेल पुगेका ६३ जना प्रहरी हिरासतमा पुगेका छन्। मदिरा पिएर होहल्ला गरेको तथा झैझगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त लैनचौरले मात्र ६३ जनालाई पक्राउ गरेको छ।
वृत्तका डिएसपी दिपक पोखरेलका अनुसार पक्राउ परेकामध्ये अधिकांश सोमबार छुट्नेछन् । केहीलाई भने मुद्दा चलाउने प्रहरी तयारी छ। केहीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ। त्यस्तै दरबारमार्गबाट पनि केही पक्राउ परेका छन्।
अंग्रेजी नयाँ वर्षको अवसरमा आइतबार बिहानैसम्म ठमेल र दरबारमार्गमा रात्रीकालिन व्यवसाय संचालन गर्न दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।