पोखरा– पोखराको सराङकोटस्थित निर्माणाधीन माउण्टेन रिसोर्ट एण्ड स्पामा आज दुईजनाको रहस्यमय मृत्यु भएको छ।
होटेलको निर्माणाधीन भवनको एक कोठामा दुई जना मृत र एकजना घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले घटना रहस्यमय भएको र अनुसन्धान भइरहेको बताए।
घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतकको पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ। होटल निर्माणमा संलग्न रहेका उनीहरु शनिबार राति सुतेको कोठामा नै मृत अवस्थामा देखिएपछि अन्य कामदारले आइतबार दिउँसो ४ बजे प्रहरीमा खबर गरेपछि प्रहरी पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।