बाँके– नेपालगञ्जको सिग्नेट होटलमा शनिबार राती भएको बलात्कारमा संलग्न दुई युवकलाई प्रहरीले जर्बजस्तीकरणी मुद्दामा कारबाही अघि बढाएको छ । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने निरज गुरुङ र मनोज भारतीलाई आइतबार अदालतबाट थुनामा राख्ने म्याद लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र प्रसाद अर्यालले बताए।
बलात्कारको क्रममा युवतीमाथि कुटपिट र हत्या प्रयास समेत भएको खुलेको छ। बलात्कार गरिसकेपछि कसैलाई खबर गरे हत्या गरिदिने भन्दै गिलास फुटाएर प्रमुख अभियुक्त गुरुङले धम्की दिएका थिए। पछि युवतीले बाथरुममा गएर प्रहरीलाई फोन गरेकी थिइन्। ‘युवतीले फोन गरेपछि बिहान २ बजे होटलमा गएर हामीले युवतीको उद्धार गरेका हौं,’ डिएसपी अर्यालले भने।
बर्दियाको बासगढी घर भएकी १९ बर्षीया युवतीलाई गुरुङले धम्काएर बलत्कार गरेका हुन्। युवतीसँग भारतीको पहिलेदेखि नै चिनजान थियो। उनले भेट्न भनेर होटलमा बोलाएर कोठामा थुनेर साथीसँग जर्बजस्ती शारिरीक सम्बन्ध राख्न लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रतिकार गर्दा कुटपिट गरेको र गिला फुटाएर घाँटी रेट्ने भन्दै धम्काएको पीडितको उजुरीमा उल्लेख छ। गुरुङ र भारत अंग्रेजी नयाँ वर्ष सेलिब्रेसन गर्ने भनेर उक्त होटलमा बसेका थिए।गुरुङलाई युवतीसँग राखेर भारती भने सोही होटलाको अर्काे कोठामा बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।