झापा– झापाको अर्जुनधारास्थित चिया बगानमा एक युवतीको गोप्य भिडियो बनाएर पैसा असुल्न खोज्ने दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडले दुई युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अर्जुनधाराकै बिजयकुमार मगर र नविन डाँगी छन्। अर्का एक फरार छन्।
यसरी भयो घटना
बिहिबार दिउँसो अर्जुनधारा–११ स्थित गिरी बन्धु चिया बयानमा तीन युवक खुकुरी लिएर बाटो कुरेर बसेका थिए। एक युवती इलामस्थित मितआमाको घरमा पुगेर फर्कदै थिइन्। मित भाई उनलाई मोटरसाइकलमा पु¥याउन आएका थिए।
खुकुरी देखाएर मोटरसाइकल रोकी उनीहरुले दिदीभाई जर्बजस्ती किस खान लगाए । त्यसको फोटो र भिडियो बनाएपछि उनीहरुसँग भएको १२ हजार २ सय रुपैयाँ लुटे।
थप पैसा नदिए उक्त भिडियो सार्वजनिक गर्ने भन्दै ब्लाकमेलिङ गरेको प्रहरीले जनाएको छ। उक्त भिडियो फेसबुकमा हालिदिने भन्दै उनीहरुले एक लाख रुपैयाँ मागे ।
पैसा नभएपछि पीडित युवकले बैंकमा गएर पैसा निकालेर दिने भन्दै सुरुङातर्फ गए। एक युवक उनको पछि पछि गए भने अन्य दुई जनाले युवतीलाई चिया बगानभित्र लिएर गए । युवतीलाई कपडा खोल्न लगाई उनको अर्काे भिडियो बनाए । साथै युवतीको अंगहरु छोएर बलत्कार प्रयास समेत गरेको इप्रका बिर्तामोडका डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए।
प्रहरीले स्थानीयबाट सूचना पाएपछि सादा पोशाकमा प्रहरी परिचालन गरी चियाबारीमा युवतीको उद्धार गरी बलत्कार प्रयास गर्ने मगर र डाँगीलाई पक्राउ गरेको हो। अर्का एक युवक फरार छन्।
उक्त सडकखण्डमा एकान्तस्थलमा पर्ने भएकाले उनीहरुले गोप्य भिडियो बनाएर ब्लाकमेलिङ गरी पैसा कमाउने योजना बनाएको हुनसक्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।