• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

यी हुन् काठमाडौंका चर्चित ७ ‘जेलब्रेक’ 

64x64
नेपाल लाइभ शनिबार, पुस १५, २०७४  १८:२९
1140x725

काठमाडौं– गत मंसिर ४ गते सुन्धारास्थित केन्द्रीय कारागारबाट नाटकीय शैलीमा एक कैदी बेपत्ता भए। जर्बजस्ती करणी मुद्दामा जेल परेका जुम्लाका पुन्नबहादुर शाही मध्यराति जेलको छतबाट हामफालेर भागेका थिए। डेढ महिना हुन लाग्दा पनि उनी भेटिएका छैनन्। राजधानीमा पटक–पटक यस्तै किसिमका ‘जेलब्रेक’का घटना दोहोरिँदै आएका छन्। 

१. पुन्नबहादुरको दोस्रो जेलब्रेक 

मंसिर ४ गते भागेका पुन्नबहादुर शाहीको यो दोस्रो जेल ब्रेक हो। यसअघि ०६८ सालमा उनी सुर्खेत कारागारबाट सुरुङ खनेर भागेका थिए। त्यसपछि उनलाई पक्राउ गर्न तीन वर्ष लागेको थियो। 

जिल्लाका कारागारहरुमा राख्दा फेरि भाग्न सक्ने भएकाले उनलाई केन्द्रीय कारागारमा ल्याइयो। केन्द्रीय कारागारबाट पनि उनले प्रहरी र जेल प्रशासनलाई सजिलै झुक्याउन सफल भए। रातको समयमा जेलको भित्री गेटबाट निस्कन पाइन्न। तर, उनी गेटबाट निस्कने मात्र होइन, प्रहरी ब्यारेक भएको भवनको छत हुँदै भाग्न सफल भए। घटनाका प्रहरी र जेलको आन्तरिक प्रशासनको कमजोरी देखिएको कारागार व्यवस्था विभागको छानबिनमा खुलेको छ। विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेकै संयोजकत्वमा छानिबन भएको थियो। कैदी शाही भागेका बेला ड्युटीमा रहेका तीन जना प्रहरी निलम्बनमा परिसकेका छन्। उनको खोजीमा प्रहरी टोली खटिएको छ। 

२. मनबहादुरले यसरी झुक्याए 

म्याग्दीका मनबहादुर पुन प्रहरी र जेल प्रशासनलाई झुक्याएर साउन २८ गते फिल्मी शैलीमा केन्द्रीय कारागारबाट भागेका थिए। मानव बेचबिखन मुद्दामा अदालतले साढे १२ वर्ष कैद सजाय सुनाएकोमा उनी अर्का कैदीको कागजपत्रका आधारमा छुटेका हुन्। जेलबाट छुटेलगत्तै एक साताबीचमा उनले तीन महिलालाई बिहे गर्ने भनेर ठग्दै शारीरिक शोषण समेत गरेका थिए।

मनबहादुर जेलकै अर्का कैदी दर्पण थापा मगरको नाममा छुटेका थिए। थापालाई आर्थिक प्रभावमा पारी कैदीपूर्जी साटेर उनी छुटेका हुन्। अर्काको कागजपत्र देखाएर उनी भागेको खुलेपछि प्रहरीले पोखराबाट उनलाई पक्राउ गरेको थियो। 

दर्पण थापा र उनको भीमफेदी कारागारबाट केन्द्रीय कारागारमा सरुवा भएको थियो। जसका क्रममा दर्पण थापा मनबहादुर र मनबहादुर दर्पण थापा बनेर जेलमा बसेका थिए। दर्पण थापा जेल भुक्तान गरी साउन २८ गते छुट्ने भएकाले उनले  थापाको कैदीपूर्जी आफूले लिएर जेल प्रशासनलाई झुक्याउँदै उम्किन सफल भएका हुन्। पोखराबाट पक्राउ परेपछि हाल उनलाई केन्द्रीय कारागारभित्रको गोलघरमा राखिएको छ। जेलभित्रै बसेर अपराध गर्नेलाई गोलघरमा राखिने गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

३. ढलबाटै छिरेर भागे सुरज 

२६ मंसिर ०७० मा केन्द्रीय कारागारकै ढलबाट एक कैदी भागेका थिए। लागूऔषध मुद्दाका कैदी सुरज सिंह कारागारको ढलभित्रबाट भागेका थिए। करिब २ सय मिटर लामो ढल हुँदै उनी कारागारको दक्षिणतर्फ निस्किएका थिए। करिब तीन घन्टा लगाएर उनले ढल पार गरेका थिए। कारागारको दक्षिणतर्फको उद्योग विभागको छेउमा उनी निस्किएका थिए। तर, उनी भागेकै दिन पक्राउ परे। 

जिउभरि ढलको फोहोर लागेकाले प्रहरीले उनलाई पागल भन्दै लखेटेका थिए। नजिकैको धारामा गएर नुहाई स्थानीयसँग कपडा मागेर भाग्न खोज्दा उनी पक्राउ परेका थिए।  

४. श्रीमती भेट्न कैदी फरार, इन्सपेक्टर जेलमा 

०७१ फागुन २६ गते अर्का कैदी उपत्यकामा फिल्मी शैलीमा भागे। लागूऔषध मुद्दामा डिल्लीबजार जेलमा सजाय काट्दै आएका पासाङ शेर्पा अस्पताल जाने बहानामा डेरामा गएर भागेका थिए। आँखा चेकअपका नाममा त्रिपुरेश्वर आँखा अस्पतालमा पुगेका उनले आफूसँग रहेका प्रहरीलाई समेत ट्याक्सीमा जोरपाटीस्थित डेरामा लिएर गएका थिए। प्रहरीलाई बाहिरी कोठामा राखेर श्रीमतीसँग शारीरिक सम्पर्कका लागि भनेर अर्काे कोठामा छिरेका उनी झ्यालबाट भागेका थिए। भागेको एक महिनापछि उनी ललितपुरमा पक्राउ परेका थिए।

अनुसन्धानका क्रममा प्रहरीलाई आर्थिक प्रभावमा पारी अस्पताल जाने बहानामा श्रीमती भेट्न उनी पटकपटक डेरा जाने गरेको खुल्यो। जुन घटनामा डिल्लीबजार कारागारका इन्सपेक्टर रविन्द्र रञ्जितलाई कैदी भगाएको अभियोग मुद्दा चलाएर जेल चलान गरिएको थियो। 

५. शौचालयबाटै पाकिस्तानी टाप, अहिलेसम्म रहस्यमै

०६८ साल चैत १३ गते पाकिस्तानी कैदी मोहम्मद जमिल अस्पतालबाट नाटकीय शैलीमा उम्किए। मुटुको बिरामी भएपछि गंगालाल अस्पतालमा भर्ना भएका जमिल शौचालयको झ्यालबाट भागेका थिए।

नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको आरोपमा जेल परेका उनी दुई वर्ष बित्न लाग्दा पनि हालसम्म पक्राउ परेका छैनन्। उनको सुरक्षामा खटिएका सई यज्ञबहादुर केसी लगायतका प्रहरी कारबाहीमा परेका थिए।

प्रहरीकै कमजोरीले सो घटना भएको थियो। शौचालय जाने बेलामा उनको हतकडी खोलिएको थियो। शौचालयको झ्यालमा जाली मात्र थियो, उनी जाली च्यातेर भागेका थिए। ६ वर्ष बित्दा पनि जमिल पक्राउ परेका छैनन्। उनी विरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस समेत जारी भएको थियो। 

६. प्रहरीलाई बियर खुवाएर भागे डेनी 

०६८ साउन ११ गते उपचारकै बहानामा एक कैदी फरार भएका थिए। डाँकाचोरी, ज्यान मार्ने उद्योग जस्ता मुद्दामा जेल परेका ‘टेन्सन’ भनिने डेनी लामा हतकडीसहित नै फरार भएका थिए। वीर अस्पतालमा चेकअप गराउन जाने बहानामा उनी प्रहरीलाई लिएर श्रीमती भेट्न कालिमाटीस्थित डेरामा पुगेका थिए। त्यहाँ प्रहरीलाई बियर खान दिई उनी भागेका थिए। घटनाको तीन दिनपछि प्रहरीले उनलाई काभ्रेको ठूलोपर्सेलबाट पक्राउ गरेको थियो। पक्राउ गर्न गएको प्रहरी टोलीलाई नै उनले ढुंगामुडा गरेका थिए । 

७. अस्पतालबाटै भागे चिनियाँ 

६ असोज ०७१ मा पाटन अस्पतालबाट एक चिनियाँ कैदी फरार भए। जु योङ खा नाम गरेका ती कैदी उपचारको बहानामा अस्पताल गएकोमा प्रहरीलाई झुक्याएर भागेका थिए। वन मुद्दामा उनलाई १५ वर्ष कैद सजायको फैसला भएको थियो। 

त्यो घटना पनि शंकास्पद बनेको थियो। उनी अस्पताल जाने बहानामा प्रेमिकालाई भेट्न होटल पुगेका थिए। पाटन अस्पतालबाट कागजपत्र बनाएपछि प्रहरीले उनलाई गेस्टहाउस पुर्‍याएका थिए, त्यहीँबाट उनी भागेको अनुसन्धानमा खुलेको थियो। त्यस घटनामा पनि प्रहरीहरु कारबाहीमा परेका थिए। भागेका चिनियाँ अहिलेसम्म पक्राउ परेका छैनन्। 

घुसदेखि सेक्ससम्म 

उपत्यकामा कैदी भाग्ने÷भगाउने घटनामा घुसदेखि यौनसम्म कारण भएको अध्यागमन विभागका अधिकारीहरु बताउँछन्। जेलमा बसेका कतिपय कैदीहरु प्रहरीलाई घुस खुवाएर श्रीमती तथा गर्लफ्रेन्डलाई भेट्न जाने गरेका छन्। अस्पताल जाने बहानामा जेलबाट निस्किएर प्रहरीसँग सेटिङ मिलाई उनीहरु होटल तथा गेस्टहाउस पुग्ने गरेका छन्। डेनी तामाङ र पासाङ शेर्पा त्यसैगरी भागेका थिए। दुवै घटनामा प्रहरीले कैदीबाट आर्थिक लाभ लिएको खुलेको थियो।

कतिपय अवस्थामा जेलको जीर्ण भौतिक अवस्थाका कारण पनि कैदीहरु भाग्ने गरेको कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरे बताउँछन्। गत महिना भागेका पुन्नबहादुर शाही जेलको कमजोर भौतिक अवस्थाकै फाइदा उठाउँदै भागेका उनले बताए। गल्तीहरुबाट सिकेर आफूहरुले सुधार गर्दै लगेको घिमिरे बताउँछन्।

प्रकाशित मिति: शनिबार, पुस १५, २०७४  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री
पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता बिहीबार, वैशाख ३, २०८३
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्