पेटालिङजया– मलेसियाको सेतिया आलमस्थित होस्टलमा प्रहीले छापा मार्दा ३९ जना अवैध रुपमा कार्यरत आप्रवासी कामदार पक्राउ परेका छन्। पक्राउ परेका कामदारमध्ये ३६ जना पुरुष र ३ जना महिला छन्।
जसमध्ये १२ जना भारतीय, ९ जना म्यानमार, ५ जना पाकिस्तानी र ४ जना फिलिपिन्स नागरिक रहेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन्।
छापामार्ने क्रममा मंगलबार (२५ जुन) साढे १० बजे उनीहरुलाई पक्राउ गरिएको द स्टारले उल्लेख गरेको छ।
आप्रवासन विभागका डेपुटी निर्देशक मोहम्मद फौजी एमडी इसाका अनुसार गिरफ्तार गरिएका कामदारहरु वेटर, कुक र क्लिनरको रुपमा कार्यरत थिए ।
करार अवधि सकिएर पनि कार्यरत रहेका, पहिचान खुल्ने परिचयपत्र नभएका कामदारहरुलाई मलेसियाली प्रहरीले पक्राउ गरेको उल्लेख गरिएको छ ।
‘थप अनुसन्धान तथा कारबाहीका लागि ति कामदारहरुलाई आप्रवासन डिपोर्टको बुकित जेलमा लगिने छ’ डेप्युटी निर्देशक फौजीको भनाइ उद्धृत गर्दै द स्टार अनलाइनले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।