सोल- दक्षिण कोरियामा कार्यरत एक नेपालीकाे औध्योगिक दुर्घटनामा परि ज्यान गएकाे छ।
ज्यान जानेमा ख्वाङ्जुमा कार्यरत ओखलढुङ्गाका विमान राई रहेकाे काेरियाका लागि नेपाली श्रम सहचारी डिल्लिराम बास्ताेलाले जानकारी दिए।
गत हप्ता काम गर्ने क्रममा दुर्घटनामा परेका राईकाे उपचारका क्रममा बुधबार बिहान मृत्यु भएकाे हाे। राईका परिवारका सदस्य काेरिया आइसकेकाले आवश्यक प्रक्रिया पुर्याएर शव नेपाल पठाइने सोलस्थित नेपाली दूतावासले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।