सोल- नेपाली दूतावास दक्षिण कोरियाले ‘श्रम कोरियामा, उद्यम नेपालमा’ निवन्ध प्रतियोगिताका उत्कृष्ट ५ प्रतियोगिहरुलाई आईतवार पुरस्कृत गरेको छ।
गत वर्ष फागुनमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा सहभागि मध्ये ५ जनालाई नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको हो।
प्रतियोगीतामा वैतडिका खेम सिंह साउदले प्रथम, ताप्लेजुङका सुमन राईले द्धितिय र पर्शुराम सापकोटा ललितपुरले तृतिय स्थान हाँसिल गरेका थिए।
प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २ लाख, डेढ लाख र १ लाख वनसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यस्तै ठगेन्द्र न्यौपाने र सन्तोष खड्काले सान्त्वना स्थान हाँसिल गर्दै जनही पचहत्तर हजार वनसहित ट्रफि र प्रमाणपत्र हात पारे।
उक्त प्रतियोगितामा कोरियामा कार्यरत २४ जना नेपालीले सहभागिता जनाएको निबन्ध मुल्याङ्कन समितिका संयोजक तथा कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
नगद र ट्रफी उत्कृष्ट ५ जनालाई मात्र प्रदान गरिएपनि प्रमाणपत्र भने प्रतियोगितामा सहभागी सबैलाई प्रदान गरिएको थियो।
प्रतियोगीले उक्त शिर्षकमा १ हजार देखि १५ सय शब्द नबढ्ने गरी निबन्ध लेखी दुतावासमा बुझाएरका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।