• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मला हत्या प्रकरण : प्रमाण मेटाउनेहरुबाटै अनुसन्धान सुरु गर्न माग

64x64
नेपाल लाइभ बिहीबार, असोज १८, २०७५  १३:२७
1140x725

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलागेकोमा उनको न्यायको लागि लड्दै आएकाहरुले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले घटनाको प्रमाण मेट्नेहरुबाटै अनुसन्धान सुरु गर्न माग गरेका छन्।

_x000D_ _x000D_

बिहीबार बिहान सिंहदरबार दक्षिणी गेटमा प्रदर्शन गरेको समूहले दिउँसो पत्रकार सम्मेलन गरेको थियो। 'मानवअधिकार आयोग र गृहमन्त्रालयमा रहेको अनुसन्धानको प्रतिवेदन तत्काल छानबिन गर्न माग गर्छौं', अभियन्ता हिमा विष्टले भनिन्।

_x000D_ _x000D_

अभियन्ता डा ल्हामो शेर्पाले निर्मला पन्तको बलात्कारपछि प्रकरणमा प्रहरीले १५ वटा गल्ती गरेको बताइन्। छोरी खोज्न सहयोग गरिदिनुस् भन्दा निर्मलाकी आमालाई फोटो लिएर आउनुस् भन्नेदेखि छानबिनका क्रममा पनि प्रशस्तै गल्ती भएको भन्दै उनले सूची नै पेश गरेकी थिइन्। उनले निर्मलाको भनिएको भेजाइनल स्वाबबारे पनि शंका व्यक्त गरिन्।

_x000D_ _x000D_

'अहिले सबै प्रमाण मेटिइसकेको छ। यो केस नै अदालतमा कमजोर हुने अवस्था छ। केस अदालतमा गयो भने उसले प्रहरीको मुचुल्का, फरेन्सिक ल्याबको घटनाहरुको आधारमा फाइललाई अगाडि बढाउँछ', शेर्पाले थपिन्, 'जो मानिसले जानीजानी प्रमाणहरु मेटाएको थियो, नियत नै गलत थियो। अब त्यो नियतलाई प्रश्न गरेर त्यो मान्छेलाई कारबाही गर्नुपर्छ।'

_x000D_ _x000D_

गृहमन्त्रीको आग्रहमा अनुसन्धानमा सहयोग हुने भएकाले काठमाडौंबाट निर्मलाका बाबुआमालाई कञ्चनपुर पठाइएको तर धिरु बस्नेत नेतृत्वको अनुसन्धान टोलीले भेट नै नगरेको अधिकारकर्मी शारदा चन्दले बताइन्। 'आमाबाबु यतै हुँदै त्यहाँ गएको अनुसन्धान टोलीले बाबुआमा नभेटेको भन्दै रिपोर्ट बुझाउन सक्ने शंकामा हामीले उहाँहरुलाई कञ्चनपुर फिर्ता पठायौं', चन्दले भनिन्, 'तर बुधबार मात्रै मेरो कुरा भएको छ, टोलीले सम्पर्क नै गरेको छैन।'

_x000D_ _x000D_

उनले प्रहरीले अहिले पनि नाटक गरिरहेको र मानसिक अवस्था बिग्रिएको मानिस खोजिरहेको भन्दै आक्रोश पोखिन्।

_x000D_ _x000D_

समग्र घटनाक्रमलाई उनले लखनउको सर्कससँग तुलना गरिन्। 'त्यहाँ एउटा व्यक्तिले डमरु बजाउँछ। तालिम गरेका बाँदरहरु नाच्छन्। यहाँ पनि सरकारले डमरु बजाएको छ, हामीहरु नाचिरहेका छौं', उनले भनिन्, 'तर अब हामी नाच्दैनौं। सरकार नाच्नुपर्छ।'

_x000D_ _x000D_

चन्दले सरकारले नसुनेकाले आफूहरुले कानुन मिच्दै सिंहदरबारमा प्रदर्शन गर्नुपरेको बताए। 'त्यहाँ पुरुष प्रहरीबाट महिलालाई दमन गरियो', उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनले जिम्मेवार व्यक्तिहरुले घटनाको प्रमाण नभएको भन्दै जवाफ दिइरहेकोमा पनि आक्रोश व्यक्त गरिन्। 'प्रमाणहरु जानीजानी मेटिएका छन्। योभन्दा ठूलो प्रमाण अरु के हुन्छ', उनले प्रश्न गरिन्।

_x000D_ _x000D_

साथै, निर्मलाका निम्ति न्याय अभियानका तर्फबाट नेपाल सरकारसँग बुँदागत रुपमा विभिन्न माग पनि गरिएको छ। 'निर्मला बलात्कार तथा हत्या कान्डको सुरु अनुसन्धानको नेतृत्व गर्ने एसपी डिल्लीराज बिष्ट लगायतका अनुसन्धान टिमलाई विभागीय कार्यबाहीमा मात्र सिमित नराखी फौजदारी कानुनको दायरामा तत्काल ल्याउ', मागपत्रमा अगाडि भनिएको छ, 'नेपालको कानुन– मुलुकी फौजदारी (संहिता) २०७४ को दफा ८९, ९३ र ९९ अनुसार अनुसन्धानका क्रममा झुट्टा प्रमाण बनाएको, कसुरको प्रमाण दबाउने, बदनियतपूर्वक अनुसन्धान गर्ने लगायतका कार्य गरेको सम्बन्धमा सार्वजनिक न्याय विरुद्धको कसुर अनुसन्धान गरी कारबाही गर र कानुनको शासनलाई लागू गर।'

_x000D_ _x000D_

यसैबीच, बिहीबार बिहान ११ बजे सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरिएको छ। घटना भएको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्।  प्रदर्शनकारीले गृहमन्त्री र आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै उनीहरु विरुद्ध नारा लगाएका थिए।

_x000D_ _x000D_

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

विभिन्न पेशा तथा संस्था आबद्ध व्यक्तिहरुले प्रदर्शन गरेका थिए। उनीहरु योजनाबद्ध रुपमा 'छापामार शैली'मा ब्यानरसहित गेटमा पुगेका थिए। अन्य बेलामा जस्तै स्वभाविक रुपमा आउजाउ चलिरहेको सिंहदरबारमा अघिल्तिर एउटा समूह 'निर्मलाको निम्ति न्याय' भन्दै प्रदर्शनमा उत्रिएपछि प्रहरी अन्योलमा परेको थियो।

_x000D_ _x000D_

प्रदर्शनकारीले हामी न्याय चाहन्छौं, अपराधीलाई कारबाही गर, गृहमन्त्री जवाफ दे, आइजिपीलाई बिदा गर लगायतका नारा लगाएका थिए।

_x000D_ _x000D_

गत साउन १० गते साथीको घरमा गएकी निर्मला ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। तर धेरैथरि अनुसन्धान टोली बने पनि अपराधी पत्ता लाग्न सकेको छैन।

_x000D_ _x000D_

निर्मलाका निम्ति न्याय माग गर्दै देशै भरि प्रदर्शन भइसकेका छन्। निर्मलाका आमाबाबु केही हप्ताअघि काठमाडौं आएर गृहमन्त्री तथा प्रधानमन्त्री लगायतलाई भेटेका थिए। न्यायको आश्वासन पाए पनि त्यो आश्वासनमै सीमित भएको छ। बरु प्रधानमन्त्रीकै तहबाट अपराधी पत्ता लगाउन वर्षौं लाग्न सक्ने अभिव्यक्ति आउन थालेको छ।

_x000D_ _x000D_

सिंहदरबारमा भएको प्रदर्शनको भिडियो हेर्नुहोस्:

_x000D_ _x000D_

 

_x000D_ _x000D_

प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्