१. सकियो निलम्बित प्रधानन्यायधीश चोलन्द्र शमसेर राणामाथिको बयान, राणाले बयानका क्रममा नाम लिएका व्यक्तिहरुलाई पनि महाभियोग सिफारिस समितिले बयानमा बोलाउने । (सकियो चोलेन्द्रसँगको बयान)
२. नेकपा एकीकृत समाजवादी छाडेर नेताहरू फर्किदै ‘पुरानो घर’, पार्टी छाड्नेहरूमा टिकट नपाउने डर, सुदूरपश्चिममा फिर्ताको लहर, गुल्मीमा पनि पहिरो । (नेताहरू फर्किदै ‘पुरानो घर’)
३. डा गोविन्द केसीको २० सौँ अनशन दोस्रो दिन पनि जारी, डा केसीले २०औं पटक अनशन बस्नु राज्यका लागि लज्जाको विषय भएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको प्रतिक्रिया । (केसीको अनशन दोस्रो दिन पनि जारी )
४. सेप्टेम्बरमा मात्रै रुसबाट ६,००० वर्गकिलोमिटर क्षेत्र फिर्ता लिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको दाबी, उत्तर–पूर्वी खार्किभ क्षेत्रका प्रमुख सहरहरू गुमाएको रुसको स्वीकार । (भोलोदिमिर जेलेन्स्कीको दाबी)
५. र, एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा, उपाधिको दाबेदार मानिएको बागमती प्रदेश एक खेल पनि नखेली बाहिरियो । (एनआरएनए र सुदूरपश्चिम सेमिफाइनलमा