१. पेचिलो बन्दै सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय, कांग्रेस संस्थापन पक्ष ८३ सिटमा तयार, ९० नछाड्ने गरी अन्य पार्टीलाई मनाउनुपर्ने पक्षमा कोइराला समूह । (पेचिलो बन्दै सिट बाँडफाँटको विषय)
२. स्वास्थ्य मन्त्रालयद्वारा डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान तीव्र, कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारीलाई अनुरोध । (डेंगु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको तयारी)
३. कर बुझाउन ४५ संस्थालाई महानगरको पत्र, ५ वटाले मात्रै बुझाउँदा उठ्यो ७ करोड राजश्व, कर असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरको चेतावनी । (कर बुझाउन ४५ संस्थालाई महानगरको पत्र)
४. युक्रेनमा रुसको शृङ्खलावद्ध लज्जास्पद पराजयका कारण अप्ठ्यारो राष्ट्रपति पुटिन, क्रेमलिनबाट बाहिर जान सहकर्मीको आग्रह, पुटिनका विचार ‘निराशजनक रुपमा पुरानो’ भएको भन्दै राजीनामा दिन सुझाव । (पुटिनलाई क्रेमलिन छाड्न आग्रह)
५. र, नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली पुलिसकोे लगातार दोस्रो जित, त्रिभुवन आर्मी क्लबद्वारा पहिलो जित निकाल्दै मधेश प्रदेश पराजित । (पुलिसको लगातार दोस्रो जित)