१. निलम्बित प्रधानन्यायाधीश राणाको चौंथो दिनको बयान सकियो, ४३ मध्ये ३५ प्रश्नमा बयान, सर्वोच्चको भवन निर्माणको ‘सेटिङ’मा लिए केपी ओली र विष्णु पौडेलको नाम । (राणाको चौंथो दिनको बयान सकियो)
२. काठमाडौं–निजगढ फास्ट ट्रयाक आयोजना प्रमुखलाई कारबाही गर्न संसदीय समितिको निर्देशन, सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेको उल्लेख । (संसदीय समितिको निर्देशन)
३. शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका बिशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठको मुद्दामा जिल्लाको आदेश उच्चले उल्ट्यायो, अर्ब बढी बिगो मागिएका श्रेष्ठ १५ लाखमै रिहा । (जिल्लाको आदेश उच्चले उल्ट्यायो)
४. पूर्वी युक्रेनमा प्रत्याक्रमण गरेर केही सहर फिर्ता लिएको युक्रेनको दाबी, आफ्नो सेना ‘फेरि सङ्गठित हुन’ का लागि नजिकै रहेको रुसी रक्षा मन्त्रालयको प्रतिक्रिया । (युक्रेनको दाबी)
५. र, नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक छाडेको प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणा, निमित्त प्रशिक्षक प्रदीप हुमागाईंको प्रशिक्षणमा नेपालले केही दिनपछि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै । (प्रशिक्षक छाडेको अल्मुताइरीको घोषणा)