१. दार्चुलाको लास्कु खोलामा र नौगाडमा आएको बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु, लास्कु खोलामा निर्माण गरिएको मोटेरबल र झोलुङ्गे पुल बगायो, विभिन्न सडक अवरुद्ध । (बाढी-पहिरोले पाँच जनाको मृत्यु)
२. ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप विधेयक’ संसद्बाट पारित गर्न ढिलाइ गर्न नहुने कानुनमन्त्री गोविन्दप्रसाद शर्माको भनाइ, पीडितले धेरै दुःख पाएको उल्लेख । (सरकारको हतारो)
३. गठबन्धन एमाले विरोधी ‘अपराधीहरू’को षडयन्त्रपूर्ण डफ्फा भएको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आरोप, आवश्यकता अनुसार जुनसुकै शक्तिसित पनि एमालेले तालमेल गर्नसक्ने उल्लेख । (ईश्वर पोखरेलको आरोप)
४. बेलायती राजा चार्ल्स तृतीयले पहिलो पटक गरे राष्ट्रको नाममा सम्बोधन, दिए ‘प्यारी आमा’लाई श्रद्धाञ्जली, राजपरिवारमा फेरियो उपाधि, विलियम बने प्रिन्स अफ वेल्स । (बेलायती राजाको पहिलो सम्बोधन)
५. र, नेपाल टी–ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीद्वारा मार्की खेलाडी अनुबन्ध, पहिलो चरणमा ड्राफ्टबाट ६ वटै टोलीले ‘ए’ श्रेणीका खेलाडीलाई किने १५ लाखमा । (६ टोलीले किने मार्की खेलाडी)