१. आर्मी, प्रहरी, समाज कल्याण, वीर अस्पतालदेखि, नेपाल ल क्याम्पससम्मले नै तिरेनन् काठमाडौं महानगरलाई बहाल कर, नक्सा पास नभएका भवनको नक्सा ९० दिनभित्र पेस गर्न आग्रह । (करमा कडाइ)
२. दुर्व्यवहार गरेको भन्दै महिला सहकर्मीले हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारविरुद्ध उजुरी, दुर्व्यवहारसँगै धम्की दिने गरेको उल्लेख । (डा पुकारविरुद्ध उजुरी)
३. भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चितवनका केरा उत्पादक कृषकको चेतावनी, केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको उल्लेख । (केरा उत्पादक कृषकको चेतावनी)
४. रुसले नियन्त्रणमा लिएका केही बस्तीहरू फेरि युक्रेनको कब्जामा आएको राष्ट्रपति जेलेन्स्कीको दाबी, युक्रेनले रुसी सेनाहरू विरुद्ध “विस्तारै तर अर्थपूर्ण प्रगति“ गरिरहेको अमेरिकी अधिकारीको प्रतिक्रिया । (युक्रेनको दाबी)
५. र, निर्दोष भएको दाबी गर्दै बलात्कार आरोप लागेका सन्दीप लामिछानेले क्यानसँग मागे कानुनी सहयोग, आईसीसीले चासो राखेको क्यानको टिप्पणी, लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी । (लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी)