१. जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन आफ्नो मुख्य भूमिका रहेको प्रचण्डको दाबी, प्रचण्डकै अगाडि जनार्दनले गरे उपमहासचिव पद अस्वीकार, ‘रक्षा गरेको’ प्रचण्डको दाबीमा प्रतिदाबी । (प्रचण्डको दाबीमा जनार्दनको प्रतिदाबी)
२. मंसिर ४ का लागि प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर कांग्रेस बनायो घोषणापत्र तयारी समिति, विश्वप्रकाश शर्मालाई सभापति देउवाले दिए संयोजकको जिम्मेवारी । (कांग्रेस बनायो घोषणापत्र तयारी समिति)
३. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामाको घोषणा, पक्राउ पुर्जी खारेज गर्न माग, स्थानीयले मुठभेडको अवस्था सिर्जना गरेको भन्दै त्यस्तो वातावरणमा सेवा दिन नसक्ने उल्लेख । (चिकित्सकद्वारा सामूहिक राजीनामाको घोषणा)
४. रुसले युक्रेन युद्धका लागि उत्तर कोरियाबाट हतियार खरिद गरिरहेको अमेरिकी अखबारको दाबी, युद्ध लामो समयसम्म रह्यो भने रुसले उत्तर कोरियाबाटै थप हतियार किन्ने उल्लेख । (अमेरिकी अखबारको दाबी)
५. र, सन्दीप लामिछानेलाई तत्काल निलम्बन वा कारबाहीको तयारी नभएको क्यानको भनाइ, प्रहरीलाई सहयोग गर्ने उल्लेख, प्रमाण संकलनका लागि नगरकोट र काठमाडौंका होटल पुग्यो प्रहरी । (सन्दीपमाथि बलात्कारको उजुरी)