१. रञ्जन कोइरालाको फैसला गर्दा पारिवारिक प्रभावमा परेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको स्वीकारोक्ति, यही कारणले महाभियोग ल्याइएको भए त्यसको सामना गर्न तयार रहेको प्रतिक्रिया । (निलम्बित प्रधानन्यायाधीश राणाको स्वीकारोक्ति)
२. इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम, काठमाडौंका सात क्यासिनोलाई कर बुझाउन महानगरले दियो सात दिन । (काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम)
३. राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा सांसद पदबाट राजीनाको घोषणा, सरकार कानुन बनाएरै संसद्को कार्यकाल लम्ब्याउन लागेको आरोप, एक्लो होइन बलियो पार्टी बनाएर संसद्मा उपस्थिति हुने दाबी। (लिङ्देनले दिए सांसद पदबाट राजीनामा)
४. उपनिवेशबाट स्वतन्त्र भएको ७५ वर्षपछि भारतले उछिन्यो बेलायतको अर्थतन्त्र, अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकमा भारत विश्वको पाँचौं नम्बरमा, पछिल्लो चौमासिक अर्थतन्त्रमा १३.५ प्रतिशतले वृद्धि । (भारतले उछिन्यो बेलायतको अर्थतन्त्र)
५. र, ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशद्वारा नवौं राष्ट्रिय खेलकुदका लागि टिमको घोषणा, सुवास खकुरेललाई उपकप्तानको जिम्मेवारी, पुरुष क्रिकेट भदौ २३ बाट सञ्चालन हुँदै । (बागमती प्रदेशको टिम घोषणा)