१. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपैयाँ सहुलियत ऋण लिने सरकारको निर्णय, उद्योग मन्त्रालयअन्तर्गतका आयोजनाका लागि राजपत्राङ्कित स्तरका २८ र सातौँ तहका २ गरी ३० पदको अस्थायी दरबन्दी स्वीकृत । (एडीबीको सहुलियत ऋण स्वीकार)
२. आउँदो निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा कुनैपनि प्रकारको रकम नमाग्न र नउठाउन नेपाली कांग्रेसको निर्देशन, लेबीबाहेक अन्य कुनै प्रकारको रकम उठाए कारबाही गरिने । (कांग्रेसको निर्देशन)
३. धनगढी उपहानगरपालिकाका मेयर गोपी हमालले भाइको लाभका लागि दुई वडामा मात्रै जग्गाको कित्ताकाट फुकुवा गरेको खुलासा, अन्य वडाहरुले फुकुवाका लागि गरेको प्रस्ताव अस्वीकार, अर्को बैठकबाट निर्णय गराउने आश्वासन (मेयरको व्यक्तिगत स्वार्थप्रेरित निर्णय)
४. इराकमा शक्तिशाली शिया नेता मुक्तदा अल सद्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेपछि समर्थक र सुरक्षाकर्मीबीच झडप, २० जनाको मृत्यु, सयौं प्रदर्शनकारी घाइते । (इराकमा झडप)
५. र, एन्फाको विशेष साधारणसभामा ‘सी’ डिभिजन लिगका क्लबहरुबाट यसअघिकै प्रतिनिधिले निरन्तरता पाउने, असोज १२ गते हुने साधारण सभामा दुई सदस्यको निर्वाचन हुने । (एन्फाको पुरानै निर्णय यथावत्)