१. त्रिभुवन विश्वविद्यालयको कार्यालय बूढानीलकण्ठ लैजाने हो? भन्दै प्रधानमन्त्रीलाई एमालेको प्रश्न, सत्ताको आडमा गुण्डागर्दी भइरहेको आरोप, समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ । (सरकारलाई सभामुखको रुलिङ)
२. नेपाली सेनासँग बन्दोबस्तीका सामान खरिद गरेर अफ्रिकी देश माली मिसनमा जाने सशस्त्रको तयारी, एआईजी नारायणदत्त पौडेलको संयोजकत्वमा बन्यो तयारीका लागि समिति । ( सशस्त्रको तयारी)
३. काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई सात दिनभित्र जवाफ दिन सर्वोच्चको आदेश, नर्भिक अस्पतालको अवैध संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर रिटमाथिको टिप्पणीले अदालतको अवहेलना भएको आरोप । (बालेनविरुद्ध अवहेलनाको मुद्दा)
४. आज चन्द्रमामा रकेट प्रक्षेपण गर्दै नासा, ५० वर्षपछि मानव पठाउने तयारी, अहिलेको परीक्षण सफल भयो भने २०२४ बाट यही रकेटमार्फत् अन्तरीक्षयात्रीहरू चन्द्रमामा पठाइने । (रकेट प्रक्षेपण गर्दै नासा)
५. र, एसियन फुटबल कन्फेडेरेसनद्वारा एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना, कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान २ आचारसंहिता उलंघन गरेको आरोप । (एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना)