१. नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाइयो, तत्काल पारित हुनेमा शंका, विधायन समितिमा सत्ता पक्षका ११ र एमालेका ४ सांसद। (नागरिकता विधेयक विधायन समितिमा)
२. बहुमत आउनेगरी वडातहसम्म खटिन निर्वाचन परिचालन कमिटीलाई एमाले अध्यक्ष ओलीको निर्देशन, कम्तीमा २ जना मतदाता थप्न आग्रह, केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवमा विष्णु रिमाल चयन। (एमाले अध्यक्ष ओलीको निर्देशन)
३. काठमाडौं महानगरले भत्कायो रत्नपार्कदेखि भोटाहिटीसम्म अवस्थित सब–वेमा बनाइएका संरचना, अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने मेयर बालेन शाहको चेतावनी। (आज पनि भत्काइयो अवैध संरचना)
४. अवैध रुपमा निर्मित भारतको नोयडाका ट्विन टावर ५ सेकेन्डमै ध्वस्त, फ्ल्याट किनेकालाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न सर्वोच्चको आदेश। (नोयडाका ‘ट्विन टावर’ ध्वस्त)
५. र, नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणका लागि खेलाडी अनुबन्धको ‘ड्राफ्ट’ भदौ २१ गते, दर्ता भएका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिने। (‘ड्राफ्ट’ मिति तय)