१. एकपटक समानुपातिकको अवसर पाइसकेकालई फेरि नदोहोर्याउने एमालेको निर्णय, समानुपातिक पार्टीको साझा कमाइ रहेको तर्क, गत निर्वाचनमा पराजितलाई पनि नउठाइने। ( नेकपा एमालेको निर्णय)
२. खुलामञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला, टुँडिखेलमा भनेको त्यो ’किक’ अब भोटमा बदल्ने अध्यक्ष रवि लामिछानेको दाबी, अब ‘बा’हरुलाई बिदा गर्नुपर्नेमा जोड। (खुलामञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला)
३. पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले संसद् र सांसदहरुको भूमिकामाथि उठाए प्रश्न, सरकारका सबै अंग र संवैधानिक निकायका काममाथि प्रश्न उठ्दासमेत कुनै काम गर्न नसकेकोप्रति असन्तुष्टि। (पूर्वप्रधानन्यायाधीश श्रेष्ठले उठाए प्रश्न)
४. अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा मार्दा ‘अवरोधका प्रमाण’ भेटिएको एफबीआईको दाबी, ‘उल्लेख्य संख्यामा रहेका सर्वसाधारण साक्षी’लाई जोगाउन मुचुल्कामा सेन्सर गरेको न्याय मन्त्रालयको प्रतिक्रिया। (अमेरिकी गुप्तचर निकाय एफबीआईको दाबी)
५. र, घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा, २३ सदस्यीय टोलीमा रेनुका र पूजा बाहिर। (नेपाली टोलीको घोषणा)