१. काठमाडौं महानगरपालिकाले राहदानी विभागको बेसमेन्टमा रहेका संरचनाहरु हटायो, आइतबारदेखि उक्त स्थान पार्किङकै लागि प्रयोग हुने विभागको भनाइ। (राहदानी विभागमा महानगरको नजर)
२. एसपीपी र नागरिकता विधेयक लगायतमा सरकारको अनुचित हठले नेपालको बाह्य सम्बन्ध नराम्रो गरी खलबलिएको एमाले अध्यक्ष ओलीको आरोप, सरकारकै गलत नीति र व्यवहारका कारण मुलुक भूराजनीतिक द्वन्द्वको शिकार बन्ने जोखिममा रहेको टिप्पणी। (ओलीको आरोप)
३. नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलायो, सरकारमा सहभागी हुन बाँकी दुई सांसदलाई पठाइने, माओवादीका ११ जनै सांसदलाई मन्त्री बन्ने अवसर। (माओवादीले फिर्ता बोलायो मन्त्री)
४. बाढी पहिरोबाट ९ सय भन्दा बढीको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय संकट घोषणा, सरकारका सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने। (पाकिस्तानमा राष्ट्रिय संकट)
५. र, फिफाको नयाँ वरीयतामा नेपाल पहिलेकै स्थानमा यथावत्, दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो, माल्दिभ्स १५६औं स्थानमा। (नेपालको वरीयता यथावत्)