१. अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस २५८ पालिकामा विजयी, एमालेले जित्यो १६६ पालिका, काठमाडौंमा बालेन्द्रको अग्रता कायमै, भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल। ( कांग्रेस २५८ पालिकामा विजयी)
२. विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित, एमाले र कांग्रेस सांसदको ध्यानाकर्षण, प्रिबजेट छलफलमा उपस्थित हुन अर्थमन्त्रीलाई सभामुख सापकोटाको रुलिङ। (अर्थमन्त्रीलाई सभामुखको रुलिङ)
३. पार्टीको जनमत यथावत रहेको एमालेको दाबी, पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको एकीकृत समाजवादीका सांसद चौधरीको दाबी, माओवादी केन्द्र फाइदा हुनेतिर मात्रै ढल्किएको आरोप । (एमालेको दाबी)
४. युक्रेनमाथि रुसले गरेको अतिक्रमणले विश्वव्यापी खाद्यान्न अभाव निम्तिनसक्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी, बढ्दो महँगीले अति विपन्न देशहरूमा खाद्य सुरक्षाको स्थितिलाई झन् दयनीय बनाइदिएको उल्लेख । (संयुक्त राष्ट्रसङ्घले चेतावनी)
५. र, दुई खेल अगावै नेपालविरुद्धको टी२० आई सिरिज युगान्डालाई, तेस्रो खेलमा नेपाल ६ विकेटले पराजित, ५ खेलको सिरिजमा युगान्डालाई ३–० को अग्रता। ( नेपालविरुद्धको टी२० आई सिरिज युगान्डालाई)