१. स्थानीय तह निर्वाचनमा अहिलेसम्म २१५ पालिकामा नेपाली कांग्रसको जित, एमाले १३९ मा विजयी, काठमाडौंमा बालेन्द्र साहको अग्रता कायमै, भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल । (नेपाली कांग्रेसको अग्रता कायमै)
२. भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने डा. बाबुराम भट्टराईको भनाइ, सरकारको बजेट प्राथमिकता सिद्धान्त बिनाको गठबन्धन सरकार जस्तै रहेको एमाले सचिव योगेश भट्टराईको टिप्पणी । (संसदमा सांसद)
३. काठमाडौं महानगरपालिकामा युवा मतदाता थपिएकाले उनीहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको कांग्रेस सचेतक पुष्पा भुसालको टिप्पणी, धेरै ठाउँमा गठबन्धन सफल भएको माओवादी केन्द्रका नेता पुनको प्रतिक्रिया । (गठबन्धन दलका नेताको प्रतिक्रिया)
४. उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनद्वारा सेनालाई औषधि वितरणमा सहयोग गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन, दस लाख भन्दा बढी मानिस बिरामी, पचास जनाको मृत्यु । ( उत्तर कोरियाका नेता किमको निर्देशन)
५. र, मुख्य प्रशिक्षक अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवाद छानबिन गर्न बनेको समितिले एन्फालाई बुझायो प्रतिवेदन, अध्ययन गरेर आवश्यक कदम चाल्ने एन्फाको प्रतिक्रिया । (प्रशिक्षक खेलाडी विवाद)