१. गत वर्ष भदौ २३ गतेदेखि जारी एमालेको संसद् अवरोध फिर्ता, एमालेको मुद्दामा बहाना बनाएर सुनुवाइ नै नगरिएको अदालतमाथि एमाले उपमहासचिव प्रदीप ज्ञवाली आरोप । (एमालेको संसद् अवरोध फिर्ता)
२. ६ महानगरमध्ये काठमाडौंमा बालेन्द्र साहको अग्रता कायमै, अन्य पाँच महानगरमा गठबन्धन अगाडि, अहिलेसम्म कांग्रेसले १५३ पालिकामा जित निकाल्दा नेकपा एमाले १०२ पालिकामा विजयी । (काठमाडौंमा बालेन्द्रको अग्रता कायम)
३. गुण्डागर्दीको सहारामा जनमत आफ्नो पक्षमा पार्ने प्रयास भएको एमाले महासचिव पोखरेलको आरोप, सत्ता पक्षले एमालेलाई एक्ल्याउने प्रयास गरे पनि परिणामले उत्साही भएको उपाध्यक्ष नेम्वाङको प्रतिक्रिया। (एमालेको आरोप)
४. श्रीलंका पेट्रोलियम पदार्थ खपत गर्ने अवस्थाको अन्तिम दिनमा पुगेको प्रधानमन्त्री रनिल विक्रमसिंघको भनाइ, सरकारी तलब तथा ज्याला भुक्तानी गर्न केन्द्रीय ब्याङ्कले पैसा छाप्नुपर्ने । (श्रीलंका संकट जारी)
५. र, भ्रमणकारी टोली युगान्डाविरुद्धको ५ टी२० आई सिरिजमा घरेलु टोली नेपालको लगातार दोस्रो हार, जितसँगै युगान्डाको आई सिरिजमा २–० को अग्रता । (नेपालको लगातार दोस्रो हार)