१. नेपालका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता, बुद्ध बिहारको शिलान्यास, नेपाल आउँदा आफूलाई आध्यात्मिक अनुभूति हुने मोदीको प्रतिक्रिया । (देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता)
२. अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसको ६९ पालिकामा जित, एमाले ५२ पालिकामा विजयी, काठमाडौंमा बालेनको अग्रता कायमै, भरतपुरमा एमालेका विजयी सुवेदी अगाडि । (सार्वजनिक मतपरिणाम अनुसार कांग्रेस अगाडि)
३. एमालेले निर्वाचनमा धाँधली भयो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको कांग्रेसको भनाइ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन गराउन आयोग नचुकेको प्रवक्ता शालिग्राम शर्माको प्रतिक्रिया । (एमालेको आरोपमा कांग्रेसको प्रतिवाद)
४. न्यूयोर्कको बफलोस्थित सुपरमार्केटमा १० जनाको ज्यान जाने गरी गरिएको हमला नियतवश अश्वेत जनसङ्ख्या बढी भएको ठाउँ रोजिएको उल्लेख, हमलालाई 'हिंसक अतिवादी कृत्य' को संज्ञा । (हमलालाई 'हिंसक अतिवादी कृत्य'को संज्ञा)
५. र, पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालविरुद्ध युगान्डाको जित, नेपाल१२ रनले पराजित, जितसँगै युगान्डाको पाँच खेलको सिरिजमा १–० को अग्रता । (नेपालविरुद्ध युगान्डाको जित)