१. ३५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, एमाले एक्लैलाई १५ पालिकाको नेतृत्व, कांग्रेसले १० पालिका जित्दा माओवादी केन्द्र ८ र एकीकृत समाजवादी २ पालिकामा विजयी । (३५ पालिकाको मतपरिणाम सार्वजनिक)
२. देशका ६ वटै महानगरपालिकामा मतगणना जारी, सबै महानगरको मेयरमा एमाले पछि, भरतपुर र पोखरामा तीव्र प्रतिस्पर्धा, उपमेयरमा भने तीन ठाउँमा अगाडि । (सबै महानगरको मेयरमा एमाले पछि)
३. सुदूरपश्चिमका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने, सामान्य मानवीय त्रुटिका विषयलाई आधार बनाउँदा मतगणनामा ढिलाइ भइरहेको निर्वाचन आयोगको प्रतिक्रिया । (निर्वाचन आयोगको प्रतिक्रिया)
४. नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाबीच हुने ५ टी२० आई सिरिजमा दर्शकले निःशुल्क प्रवेश पाउने, कीर्तिपुरमा हुने सिरिजअन्तर्गत पहिलो खेल जेठ २ गते हुने । ( दर्शकलाई निःशुल्क प्रवेश)
५. र, खाद्य सुरक्षाको जोखिम रहेको भन्दै भारत गहुँ निर्यातमा लगायो प्रतिबन्ध, विश्वव्यापी मूल्यवृद्धि नयाँ उचाइमा पुग्ने चिन्ता, जी–७ राष्ट्रद्वारा भारतीय कदमको निन्दा । (गहुँ निर्यातमा भारतको प्रतिबन्ध)