१. हालसम्म १२ पालिकाको मतगणना सार्वजनिक, एमाले ६, कांग्रेस ३, एकीकृत समाजवादी २ र माओवादी केन्द्र एक पालिका प्रमुखमा विजयी, अग्रतामा कांग्रेस पहिलो स्थानमा । (१२ पालिकाको मतगणना सार्वजनिक)
२. स्थानीय तह निर्वाचनको शुक्रबार भएको निर्वाचनको मतगणना जारी, काठमाडौं महानगर, धरान, धनगढी, जनकपुर उपमहानगरसहित केही ठूला शहरमा स्वतन्त्र उम्मेद्वारको सुरुवाती अग्रता। (स्थानीय तह निर्वाचनको मतगणना जारी)
३. विभिन्न कारणले स्थगित भएका २८ पालिकामा ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा पुनः मतदान हुने, एक साताभित्रै यी क्षेत्रमा पुनः मतदान गरिने । (७७ मतदान केन्द्रमा पुनः मतदान हुने)
४. आर्थिक सङ्कट 'सुध्रिनुअघि थप खराब हुने' श्रीलङ्काका नयाँ प्रधानमन्त्री रनिल विक्रमसिङ्गको भनाइ, खानेकुरा खोज्ने भोक सङ्कट हुन नदिने दाबी, विश्वलाई थप आर्थिक सहायताको अपिल । (श्रीलंकाली प्रधानमन्त्री विक्रमसिङ्गको दाबी)
५. र, एएफसी एसियन कप–२०२३ चीनमा आयोजना नहुने, कोभिड–१९ महामारीको कारण देखाउँदै आयोजकबाट नाम फिर्ता लिएको उल्लेख, नयाँ आयोजक राष्ट्रको नाम चाँडै घोषणा गरिने । ( एएफसी एसियन कप चीनमा नहुने)