१. सरकारी लक्ष्यभन्दा बढी मूल्यवृद्धि, ७.२८ प्रतिशत पुग्यो महंगी, निर्यात बढे पनि व्यापार घाटा उच्च, ९ महिनामै १३ खर्ब नाघ्यो, रेमिटेन्स आप्रवाह ०.६ प्रतिशतले घट्यो। (७.२८ प्रतिशत पुग्यो महंगी)
२. जेठ १ गतेदेखि विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने शिक्षा मन्त्रालयको निर्णय, हिउँदे, वर्षे र पर्व बिदा कटौती, शुक्रबार पूरा दिन पढाइ हुने। ( विद्यालयहरूमा पनि आइतबार बिदा हुने)
३. आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा पेस गर्ने सरकारको तयारी, संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने संसद् सचिवालयको भनाइ । (सरकारको तयारी)
४. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध लम्ब्याउन चाहिरहेको अमेरिकाको दाबी, आगामी केही महिनामा युक्रेनमा आफ्नो आक्रमणलाई तीव्र पार्न सक्ने चेतावनी । (अमेरिकाको दाबी)
५. र, युगान्डाविरुद्ध हुने ५ खेलको टी२० आई सिरिजका लागि नेपाल क्रिकेट संघद्वारा महिला राष्ट्रिय टोलीको घोषणा, रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्य समावेश । (नेपाली महिला टोलीको घोषणा)