१. कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी, बिरालो किन्नुपर्दैन, ठूलो कचौरामा दूधभात दिए पुग्ने माओवादी लक्षित टिप्पणी । (एमाले अध्यक्ष ओलीको टिप्पणी)
२. कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, भरतपुर अभिव्यक्ति सच्याउँदै गठबन्धन दायाँबायाँ भयो भने राजनीतिक दुर्घटना हुने प्रचण्डको प्रतिक्रिया । (प्रचण्डले सच्याए भरतपुर अभिव्यक्ति)
३. चुनावी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भए २० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय, निर्वाचनमा खटिएका बेला घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने । (सरकारको निर्णय)
४. एकल उम्मेदवार रहेको बन्द निर्वाचन प्रक्रियामार्फत पूर्व सुरक्षा प्रमुख जोन ली हङकङको नयाँ नेता चयन, चीनको ‘पकड थप मजबुत पार्ने कदम’ रहेको आलोचकको टिप्पणी । ( जोन ली हङकङको नयाँ नेता)
५. र, नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छानबिनका लागि समिति गठन, छानबिन गरेर ७ दिन भित्र एन्फालाई प्रतिवेदन पेस गर्नुपर्ने । ( छानबिनका लागि समिति गठन)