१. निर्वाचन आयोगद्वारा आसन्न स्थानीय तह निर्वाचनको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड जारी, अनुमति लिन वैशाख २८ गतेसम्म निवेदन दिइसक्नु पर्ने । ( सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड जारी)
२. गठबन्धन राष्ट्रिय आवश्यकता भएको र त्यसलाई टिकाउने कर्तव्य पनि आफ्नै भएको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्क, गठबन्धनविरुद्धमा बोल्ने पार्टीका नेतालाई कारबाही गर्ने चेतावनी । (प्रधानमन्त्री देउवाको चेतावनी)
३. मुलुकलाई आर्थिक दुर्घटनाबाट बचाउन आगामी बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथकितामा राख्नुपर्ने अर्थविद्हरुको सुझाव, पुँजीगत खर्च गर्ने निकाय नै काम गर्न लायक नभएको उल्लेख । (बजेटमा अर्थविद्हरुको सुझाव)
४. आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा पुनः सङ्कटकाल घोषणा, सार्वजनिक सुरक्षा र जिउधनको रक्षाका लागि सङ्कटकाल लगाउनु अत्यावश्यक भएका उल्लेख । (श्रीलङ्कामा पुनः सङ्कटकाल)
५. र, जिम्बावे ‘ए’विरुद्ध नेपालको सानदार जित, जिम्बावे ९ विकेटले पराजित, सोमपाल र करणको कसिलो बलिङ, जितसँगै नेपालको तीन एकदिवसीय अभ्यास खेलमा १–१ को बराबरी । ( जिम्बावे ‘ए’विरुद्ध नेपालको जित)